दफा ३७
जानकारी दिए बापत सजाय नहुने
(१) सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने क्रममा गर्ने कुनै कार्य प्रचलित कानून बमोजिमको वित्तीय वा पेशागत गोपनीयता विपरीत हुने देखिएमा समेत यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने हदसम्मको लागि निजले प्रचलित कानून उल्लंघन गरेको मानिने छैन । (२) सरकारी निकाय, सूचक संस्था वा सोको कुनै पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन पालना गर्ने सन्दर्भमा असल नियतले कुनै प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी उपलब्ध गराएकोमा निजले प्रचलित कानून बमोजिमको गोपनीयता, प्रशासनिक वा नियमनकारी दायित्व वा करारीय दायित्व भंग गरेको मानी त्यस्तो पदाधिकारी वा कर्मचारीलाई देवानी, फौजदारी, प्रशासकीय वा अनुशासन सम्बन्धी कुनै कारबाही तथा सजाय हुने छैन ।